५ हजार ऋण नपाउँदा एकै परिवारका तीनजनाको हत्या

कोशी अनलाइन ।संखुवासभा, चैत ३ – संखुवासभाको जलजला २
का सलबहादुर गुरुङले पाँच हजार
रुपैयाँ नपाएको झोंकमा एकै परिवारका तीन
जनाको हत्या गरेको खुलेको छ । गुरुङ आफैले ऋण नपाएकोले
जलजलाको तेर्सेमा एकै परिवारका तीन
जनाको हत्या गरेका स्वीकार गरेका हुन् ।
गुरुङलाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ । विशेष
सुराकीको आधारमा गुरुङको घरका छापा मार्दा प्रहरीले
रगत लतपतिएको ट्राउजर, भेष्ट र खुर्पा बरामद
गरेको थियो । ईलाका प्रहरी कार्यालय, चैनपुरबाट
खटिएको प्रहरी टोलीले गुरुङ्गलाई
सुनसरीको धरानबाट पक्राउ गरेको थियो ।
उनले फागुन १४ गते राती ६२ बर्षीया लक्बुटी शेर्पा,
शेर्पाकै १५ वर्षीय नाती दावा र ९
बर्षकी नातिनी अप्सराको हत्या गरेका थिए ।
Advertisements

सगरमाथा क्षेत्रमा ४.७ प्रतिशत पर्यटक बढे

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा सन् २०११ को तुलनामा सन् २०१२ मा ४.७ प्रतिशत बढी पर्यटक आएका छन् ।
सरकारले पर्यटन वर्ष घोषणा गरेको सन् २०११ मा सगरमाथा क्षेत्रमा ३४ हजार ५७१ जना पर्यटकले भ्रमण गरेकामा सन् २०१२ मा ३६ हजार १७९ जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार जोरसल्लेका गेमस्काउट पदमबहादुर राईले जानकारी दिनुभयो ।
यस वर्ष सबैभन्दा बढी पर्यटक अक्टोबर र सबैभन्दा कम जुलाई महिनामा आएको तथ्याङ्कले देखाएको छ । अक्टोबर महिनामा ९,६४७ र जुलाई महिनामा २६६ जनाले यस क्षेत्रको भम्रण गरेका हुन् ।
बेलायतबाट सबैभन्दा बढी नागरिकहरू सगरमाथा क्षेत्रको भम्रणमा आएका छन् भने सबैभन्दा कम फिजीबाट आएको देखिएको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले यस क्षेत्रमा आउने विदेशी पर्यकहरूको अभिलेख राखे पनि नेपाली पर्यटकहरूको भने राख्ने गरेको छैन । भरिया, गाइड वा आन्तरिक पर्यटक समेत गरेर विदेशीको तुलनामा स्वदेशीको सङ्ख्या झन्डै पाँच गुना हुने कार्यालयको अनुमान छ ।

अलैचि व्यवसायिबाट अलैचि कृषक ठगिए

पौष १८, ताप्लेजुङ । अलैची खरीद व्यवसायिले कृषकले ल्याएको अलैची प्रति किलो दुई सय ग्राम घटाएरमात्र अलैचिको मुल्य दिने गरेकाले आफुहरु मारमा परेको कृषकहरुले गुनासो गरेका छन् ।

ताप्लेजुङका विभिन्न गाविसबाट विक्रिकालागि सदरमुकाम फुङ्लिङ्ग हुदै झापाको विर्तामोड लगेर विक्रि गर्दा विर्तामोडका अलैचि व्यवसायिले प्रतिकिलो दुई सय ग्राम घटिको मात्र मुल्य दिने गरेकाले आफ्नो श्रमको मुल्य खेर गएको आज सदरमुकाम फुङ्लिङ्गमा आयोजित एक कार्यक्रममा कृषकहरुले गुनासो गरेका हुन ।

नेपाल सरकार बाणिज्य तथा आपुर्ति मन्त्रालय, कृषि उद्ययम केन्द्र तथा उद्योग वाणिज्य संघ ताप्लेजुङको संयोक्त आयोजनामा सञ्चालन गरीएको एक दिने कृषि जन्य उत्पादनको निर्यात प्रवर्दनमा सार्वजनिक निजि साजेदारी विषयक कार्यक्रममा सहभागि स्थानिय कृषकले अलैचि व्यवसायिले नै आफुहरुलाई ठग्ने गरेको आरोप लगाएका हुन ।

उनिहरुले व्यवसायिले गुणस्तर कम भएको भन्दै राम्रो अलैचिको पनि दाम घटाएर मात्र खरीद गर्ने गरेको दावि गरेका छन् । अलैचि विर्तामोडमा हाल प्रतिकिलो १ हजार ४० रुपैयाँ मा किनबेच भईरहेको छ । नेपालकै बढि अलैचि उत्पादन हुने ताप्लेजुङ जिल्लाबाट वार्षीक १८ देखि २० मेट्रिक्टन अलैचि झापाको विर्तामोड हुदै विभिन्न देश निर्यात हुने गरेको छ ।

 ताप्लेजुङमा मात्र ४ हजार हेक्टर जग्गामा अलैचि खेती हुनेगरेको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ । हाल विश्वका मुलुकहरूमध्ये नेपाल, भारत र भुटानमा मात्र अलैची खेती हुने गरेको छ । त्यस मध्ये नेपालमा सबैभन्दा बढि अलैची उत्पादन हुने बताईन्छ । नेपालमा १४ हजार हेक्टर जमिनमा अलैची उत्पादन हुने सम्भावना भए पनि हाल ११ हजार हेक्टरमा मात्र अलैची उत्पादन हुदै आएको अलैची विकास केन्द्रको तथ्याङकमा उल्लेख गरीको छ ।

एक पटकमा प्रतिहेक्टर ४ सय देख ६ सय किलोग्राम सम्म अलैची उत्पादन हुने बताईए पनि नेपालमा अलैची उत्पादनमा पाँच वर्ष देखि कमि आईरहेको व्यवसायिक कृषि विकास आयोजनाको भनाई छ । गत वर्ष नेपालमा ५ हजार २ सय ३२ अलैची उत्पादन भएको थियो ।

सोलुखुम्बुमा रेडपान्डा भेटियो

१४ पुस, सोलुखुम्बु । सोलुखुम्बुको चौरीखर्क–८ लुक्लामा दुर्लभ रेडपान्डा देखिएको छ । तेञ्जिङ हिलारी विमानस्थलनजिकै तीनवटा रेडपान्डा देखिएको चौरीखर्क मधयवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष ङिमदोर्जी शेर्पाले जानकारी दिनुभयो । अध्यक्ष शेर्पाका अनुसार बिहान करिव ९ बजे तीनवटा रेडपान्डालाई दौडिरहेका बेला स्थानीयवासीले प्रत्यक्षतः देखेका थिए ।

तीन हजार ५०० मिटरभन्दा माथि पाइने रेडपान्डा चिसाका कारण तल झरेको हुन सक्ने अनुमान गरिएको छ ।विमानस्थल नजिकबाट जङ्गलतर्फ रेडपान्डा गएकाले जङ्गलमा कोही व्यक्ति जान्छ कि भनेर निगरानी बढाइएको पनि अध्यक्ष शेर्पाले बताउनुभयो । यसअघि सोलुखुम्बुमा रेडपान्डा भएको विश्वास गरिए पनि कसैले देखेका थिएनन् ।

जेठ दोश्रो हप्ता चुनाव : अर्थमन्त्री

संखुवासभा, पुस १३ – अर्थमन्त्री वर्षमान पुनले जेठको दोश्रो हप्तासम्ममा संविधानसभाको चुनाव गर्ने बताउनुभएको छ ।  जेठको दोश्रो सातासम्म निर्वाचन गर्ने गरि सहमति हुन लागेको उहाँले बताउनुभयो ।

संखुवासभाको विकट गाविस याफुमा शुक्रवारदेखि सुरु भएको स्वार्गिक सन्देश तथा उधौली पुजाको उद्घाटन गर्दै अर्थमन्त्री पुनले दलहरुबीच विवादित विषयमा प्याकेजमै सहमतिका लागि प्रयत्न भईरहेको बताउनु भयो ।

जेठको दोस्रोसाता संविधानसभाको निर्वाचनका लागि दलहरु सहमतिको नजिक पुगे पनि केहीदिन यता दलहरुवीच दुरी वढेकोले १–२ दिनमै टुङ्याउने बताउनुभयो । सहमतिका लागि सक्दो पहल गरिरहेको उहाको भनाई थियो ।  

उहाँले राजनीतिक दलहरुले संक्रमणकालको चाँडै अन्त्य गर्नुपर्ने वताउनु भयो । अहिले अग्रगामी परिवर्तन चाहने र यथास्थिति चाहने शक्तिहरुबीच ठूलो संघर्ष भइरहेको र कुनै पनि हालतमा देशलाई यथास्थितिवादीहरुको हातमा सुम्पन नदिने समेत उहाँले स्पष्ट पार्नुभयो ।

प्रचण्ड-बाबुरामसँग चुनावमा भीड्ने गगनको घोषणा

भन्छन्- ‘प्रचण्ड बाबुराम जहाँबाट उठे पनि उम्मेद्‍वार दिन्छु

धनकुटा, पुस १३ – कांग्रेस केन्द्रीय सदस्य गगन थापाले आफू एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईसँग चुनावी मैदानमा उत्रने चुनौति दिएका छन् ।

आफू र कांग्रेस युवा नेताहरुसँग प्रतिस्पर्धा गर्ने हिम्मत गुमाएपछि दाहाल र भट्टराई चुनाव नगराउने प्रपञ्चमा लागेको उनले दाबी गरे । अध्यक्ष दाहालले रोल्पा र उपाध्यक्ष भट्टराई  गोरखा तथा राजधानी जहाँबाट चुनावी मैदानमा उत्रिए पनि आफू प्रतिस्पर्धी हुने उनले चुनौति दिए । चोइटिएर फुटेपछि माओवादीको निर्वाचनमा भिड्ने साहस समाप्त भएको उनको भनाई थियो ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष एवं पूर्व कांग्रेसी नेता महन्थ ठाकुरसँग पनि कांग्रेस प्रतिस्पर्धा गर्न तयार भएको उनको भनाइ थियो ।

नेपाल शिक्षक संघ धनकुटाको शुक्रबार जिल्ला अधिवेशन उद्‍घाटन गर्दै उनले माओवादीकै कारण आगामी वैशाखमा निर्वाचन नहुने दाबी गरे । निर्वाचन सार्ने बहानामा निर्वाचन हुनै नदिने षड्यन्त्र माओवादीको रहेको उनको तर्क थियो ।

माओवादीको सर्वसत्तावाद चालमा नफस्न कांग्रेस नेतृत्वलाई आग्रह गर्दै उनले निर्वाचनबाट सत्ता प्राप्त नभएपनि आफूहरु नभाग्ने बताए । कांग्रेस सत्ता प्राप्तिका लागि भन्दा लोकतन्त्र संस्थागत गर्न बढी गम्भीर जिम्मेवार भएकोले संविधानसभा, संसद र स्थानीय निकायको तीन निर्वाचनका लागि नेपाली जनता तयार रहन उनले आग्रह गरे ।

बहुमत प्राप्त दलको नेतृत्वलाई राष्ट्रपतिले प्रधानमन्त्री बनाउन सहमति दिनु पर्नेमा पनि उनको जोड थियो ।

प्रहरीद्वारा ५० लाख मूल्य बराबरको गाँजा बरामद

सप्तरी, पुस ११ – गोप्य सूचनाको आधारमा सप्तरी प्रहरीले आज ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक सञ्जयसिंह बस्नेतको नेतृत्वमा खटिएको टोलीले सप्तरीको टिकुलिया गाविस-४ स्थित परमानपुर टोलबाट नौवटा बोरामा राखिएको ५४० किलो गाँजा बरामद गरेको हो।उक्त गाँजाको मूल्य करिब ५० लाख पर्ने प्रहरीको भनाइ छ। सोही गाविस निवासी कैलाश भन्ने कैलु खंग मण्डलको गाइगोठमा लुकाइराखिएको अवस्थामा प्रहरीले बरामद गरेको प्रहरी नायब उपरीक्षक गोबिन्द अधिकारीले जानकारी दिए

सोही क्रममा टिकुलिया गाविसमा स्थानीयवासीले लगाएको गाँजाको बोटसमेत नष्ट गरिएको छ। रासस